पोखरा, लेखनाथ र दमौलीमा एकसाथ ‘वाइफाइ नेपाल’
पाेखरा | माघ ३, २०७९
कास्की: ‘स्पिड पनि, सस्तो पनि’ नारासहित इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाइ नेपाल प्रालिले पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ इन्टरनेटको सेवा बिस्तार गरेको छ ।
पोखरामा आज (मंगलबार) पत्रकार सम्मेलन गर्दै काठमाडौंपछि गण्डकी प्रदेशको पोखरा, लेखनाथ र तनहुँको दमौलीमा एकसाथ सस्तो तथा सुलभ मूल्यमा इन्टरनेट सेवा सुरु गरेको जानकारी दिएको हो ।
कम्पनीका कार्यकारी अधिकृत शत्रुधन पञ्जियारले वाइफाइ नेपालले नेपालमै सबैभन्दा सर्वसुलभ मूल्यमा इन्टरनेट सेवा प्रदान गर्ने बताए ।
‘नेपालमा अहिले धेरै इन्टरनेट सेवा प्रदायक कम्पनीहरु छन्’, उनले भने, ‘हामीले ल्याएको वाइफाई नेपाल स्पिड पनि छ र सस्तो पनि छ त्यसैले नारा नै ‘स्पिड पनि, सस्तो पनि’ राखेका छौ । सेवाग्राहीले ५० एमबिपीएसको इन्टरनेट प्रतिमहिना ३ सय ३३ रुपैयाँमा चलाउन पाउँनेछन् ।’
उनका अनुसार ८० एमबिपीएसलाई प्रतिमहिना ५ सय रुपैयाँ तोकिएको छ ।
उनले ५० एमबिपीएसको इन्टरनेट बार्षिक ५ हजार ५ सय र ८० एमबिपीएसको इन्टरनेट ७ हजार ५ सयमा प्रयोग गर्न पाउने बताए । ‘हामीले काठमाडौंको सफलतापछि गण्डकीमा आएका छौं, हामीले न्यूनतम मूल्यमा सेवा प्रदान गरेर सबै नेपालीलाई जोड्न खोजेका छौ’, उनले भने, ‘आगामी दिनमा पोखरा लगायत अन्य विभिन्न शहरहरु तथा गाउँ–गाउँमा पुग्ने लक्ष्य लिएका छौं ।’
पर्यटन व्यवसायी कर्ण शाक्यले पोखरा लेकसाइडमा सञ्चालित आफ्नो होटलले फेवातालको जग्गा नमिचेको दाबी गरेका छन् । शनिबार महानगरपालिकाले आफनो होटलको संरचना भत्काएपछि प्रष्टीकरण दिंदै शाक्यले होटलले कुनै ...
कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ८ः३४ मिनेट जाँदा कास्की जिल्लाको मिजुरेडाँडा आसपास केन्द्रविन्दु...
पोखरा । नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्तीको अवसरमा पोखरामा अन्तर्राष्ट्रिय व्यवसाय अनुभव सम्बन्धी अन्तरक्रिया सम्पन्न भएको छ । चेम्बर अफ कमर्सका सदस्य व्यवसायीहरूलाई अन्तर्राष्ट्रिय बजार...

